Sunday, December 25, 2011
Thursday, December 22, 2011
Sunday, December 18, 2011
Monday, December 12, 2011
Sunday, December 4, 2011
Monday, November 21, 2011
Wednesday, November 16, 2011
Friday, November 11, 2011
Tuesday, November 8, 2011
Saturday, September 24, 2011
Monday, September 19, 2011
Sunday, September 11, 2011
Monday, September 5, 2011
Sunday, August 28, 2011
Sunday, August 21, 2011
Wednesday, August 17, 2011
Sunday, August 7, 2011
Sunday, July 31, 2011
Sunday, July 24, 2011
Monday, July 18, 2011
Thursday, July 14, 2011
Monday, July 11, 2011
Thursday, July 7, 2011
Monday, June 20, 2011
Sunday, June 19, 2011
Friday, March 18, 2011
Wednesday, January 26, 2011
लिवियामा १ सय ८ जना नेपाली अलपत्र
लीलानाथ घिमिरे
सिन्धुलीको पोखरी गाविसका भेषराज अधिकारी लिवियामा अलपत्र भाइको उद्धारका लागि गुहार माग्दै विभिन्न निकायमा धाइरहेका छन् ।
झन्डै तीन महिनादेखि त्यहाँ अलपत्र परेका २७ वर्षे भाइ भक्तबहादुरले उनलाई दिनहुँ फोन गरेर भोग्नुपरेको पीडा सुनाउँदा उनका आँखा रसाइरहन्छ । उनी भाइलाई सरकारले उद्धार गर्ने प्रयास गरिरहेको भन्दै आश्वासन मात्र दिन सक्छन् । आफैं त्यहाँ गएर भाइलाई ल्याउन सक्दैनन् । सरकारी निकायसँग गुहार मागेको तीन महिना नाघ्न लागे पनि कतैबाट सुनुवाइ नभएकामा उनी दिक्क छन् ।
उनीसँगै उदयपुरको गाईघाटका लालबहादुुर कार्कीको दिनचर्या भक्तबहादुरसँगै अलपत्र परेका भतिज कर्णबहादुर र गाउँले भाइहरू दिलबहादुर बुढाथोकी, डिल्लीबहादुर मगर, लक्ष्मण तामाङ, शिव प्याकुरेललगायतको उद्धारका लागि श्रम मन्त्रालय, विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, परराष्ट्र मन्त्रालयलगायत निकाय धाउँदै बितेको छ । सबैतिरबाट आश्वासन मात्र पाएका छौं,’ कार्कीले भने, ‘यत्रो समय बित्दा पनि हाम्रा आफन्तहरूको उद्धार भएन, उताबाट भाइहरू फोनमा रोइकराई गरिरहेका छन् । हामीले केही गर्न सकेनौं ।’
वैदेशिक रोजगारीका सिलसिलामा दक्षिणपूर्वी अपि|mकामा पर्ने यो मुलुक पुगेका १ सय ८ जना नेपाली उद्धारको प्रतीक्षामा छन् । राजधानी त्रिपोलीदेखि करिब ३० किलोमिटर टाढा उनीहरू एउटै सेल्टरमा नारकीय जीवन बिताउँदै आएको आफन्तले बताए । धौलागिरी इन्टरनेसनल म्यानपावर कम्पनीमार्फत १ वर्षअघि त्यहाँ गएका उनीहरूले कम्पनी बन्द भएपछि रोजगारी गुामाएका थिए । अधिकारीका अनुसार उनीहरू जनही १ लाख २० हजार रुपैयाँ तिरेर त्यहाँ गएका थिए । म्यानपावर कम्पनीले अदक्ष कामदारलाई २ सय ५० र दक्षलाई ५ सय डलर मासिक पारिश्रमिक दिने आश्वासन दिएर त्यहाँ पुर्याएको थियो । झन्डै ४० जिल्लाबाट त्यहाँ पुगेका उनीहरूलाई अहिले कम्पनीले दालभात मात्र खुवाएर राखेको कार्कीले बताए ।
नेपाली कामदार अलपत्र परेको समाचार आएपछि कायरोस्थित नेपाली दूतावासको एक टोली त्यहाँ पुगेर उनीहरूको अवस्थाबारे बुझेको थियो । उक्त टोलीले ती कामदारको तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको प्रतिवेदन दिएको अधिकारीले जानकारी दिए । ‘हामी कति दिन सरकारको बाटो हेरेर बस्ने ?’ अधिकारीले भने, ‘सरकार भएको हामीलाई अनुभूति भएन ।’ उनका अनुसार त्यहाँ नेपालीसँगै विभिन्न मुलुकका कामदार अलपत्र परेका थिए । तिनीहरूको सम्बन्धित मुलुकले साताभित्रै उद्धार गरेको थियो ।
अधिक गर्मी हुने उक्त स्थानमा पानी र बिजुलीको समेत प्रबन्ध नहुँदा अलपत्र परेकाहरू कष्टसाध्य जीवन काटिरहेको उनीहरूलाई उद्धृत गर्दै आफन्तले बताएका
छन् । ‘कहिलेकाहीँ नुन र भात मात्रै खाएर बस्नुपर्छ,’ भक्तबहादुरको भनाइ उद्धृत गर्दै दाइ भेषराजले भने, ‘त्यसले गर्दा अधिकांश कुपोषणको सिकार भएका छन् ।’ रोजगारी गुमाएपछि उनीहरूले काम गरेको अवधिको पारिश्रमिकसमेत पाएका छैनन् ।
कम्पनीले उनीहरूको भिसा २ महिना मात्र दिलाएकाले अधिकांश नेपाली त्यहाँ अवैध रूपमा बसिरहेका छन् । वैदेशिक रोगजार प्रवर्द्धन बोर्डका निर्देशक मुकुन्द अधिकारीका अनुसार उनीहरूलाई त्यहाँबाट फर्काउन बहिर्गमन भिसाबापत ४ सय ५० डलरका दरले तिर्नुपर्छ । त्यति रकम जुटाउन समस्या भइरहेको छ । लिवियामा नेपाली दूतावास नहुँदा उद्धारमा कठिनाइ भएको निर्देशक अधिकारीले बताए ।
त्यहाँ अलपत्र परेकाहरूले गत वैशाखको पहिलो साता कागजात पठाएर उद्धार र कम्पनीबाट क्षतिपूर्ति दिलाइदिन माग गर्दै श्रम विभागमा आवेदन दर्ता गराएका थिए । श्रम विभागले उनीहरूको उद्धारका लागि पहल गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, अन्तर्राष्ट्रिय आप्रवासी संघ (आइओएम) लगायतलाई आग्रह गरेर पत्र पठाएको थियो । त्यो पत्र आएयता अलपत्र परेकाहरूका झन्डै ६० जना आफन्त राजधानी बसेर विभिन्न निकायमा धाइरहेको कार्की र अधिकारीले बताए । उनीहरूले कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, श्रममन्त्री मोहमद अफताव आलमलगायतलाई भेटेरसमेत उद्धारका लागि आग्रह गरिसकेका छन् ।
अलपत्रका आफन्त सोमबार बोर्डका निर्देशक अधिकारीलाई भेट्न पुगेका थिए । उनले उद्धारका लागि आइओएमसँग आग्रह गरिएको र उसले पहल गरिरहेको बताए । ‘उनीहरूलाई फर्काउन सरकारलाई तिर्नुपर्ने शुल्क मिनहाका लागि पहल गरिरहेको आइओएमले बताएको छ,’ अधिकारीले भने, ‘त्यहाँबाट फर्केपछि कामदारले कम्पनीबाट बाँकी तलब नपाउने भएकाले त्यसका लागि पनि समय लागेको हुनुपर्छ ।’ अधिकारीको आश्वासनलाई अलपत्रका आफन्तले पत्याएनन् । कार्कीका अनुसार आइओएमले जुलाई ७ तारिखमै फर्काउने आश्वासन दिएको थियो । ‘त्यो अवधिसम्म आइओएमका कोही पदाधिकारी त्यहाँ पुगेको खबर छैन,’ कार्कीले भने ।
नेपालमा रेमिट्यान्स कारोबार
लीलानाथ घिमिरे
विश्वमा ठूलो संख्यामा मानिस रोजगारीका लागि एक मुलुकबाट अर्को मुलुकमा जान्छन् । खुला अर्थतन्त्रको कारण विश्व श्रम बजार विस्तारको क्रममा छ । नेपालसमेत रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये अग्रपंक्तिमा छ । भर्खरै प्रकाशित तथ्यांकअनुसार नेपाल विश्वका ५ उत्कृष्ट मुलुकमा नेपाल पनि रेमिट्यान्स भित्र्याउनेमा पर्छ ।
एक तथ्यांकअनुसार सन् २००४ मा विश्वमा विकसित देशहरूबाट विकासोन्मुख देशहरूमा विकसित देशहरूबाट १ सय २६ बिलियन डलरभन्दा बढी रेमिट्यान्स गएको अनुमान छ । यो सन् २००१ को भन्दा झन्डै ५० प्रतिशत बढी हो । सन् २००७ मा आएर त्यो रकम २ सय ६५ बिलियन डलरमा पुगेको तथ्यांक छ । सन् २००८ मा त्यो रकम बढेर ३ सय ३८ अर्ब भित्रिएको थियो । सन् २००९ मा विश्वमा संकट लिएर आएको आर्थिक मन्दीले त्यो रकम केही घट्यो । यो वर्ष ३ अर्ब १७ करोडमा झरेको थियो । आर्थिक मन्त्री नसकिएकाले सन् २०१० र २०११ मा यो मात्रा थोरै मात्र बढ्ने अनुमान छ ।
भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक हो । एक तथ्यांकअनुसार यस मुलुकले सन् २००८ मा झन्डै ५५ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको थियो । त्यसपछि चीन -४१ अर्ब डलर), मेक्सिको -२६ अर्ब), फिलिपिन्स -२९ अर्ब) र प|mान्स -१५ अर्ब) ले क्रमशः धेरै रेमिट्यान्स भित्र्याएका थिए । धेरै रेमिट्यान्स बाहिर पठाउने मुलुकमा अमेरिका ४७ अर्ब, रुसी महासंघ २६ अर्ब, स्विट्जरल्यान्ड १९ अर्व, साउदी अरब १६ अर्ब, जर्मनी १५ अर्ब र स्पेन १५ अर्ब छन् ।
नेपालमा मलत बेलायती सेनामा नेपालीलाई भर्ती लिन थालेपछि रेमिट्यान्स भित्रन थालेको हो । भारतीय श्रम बजारमा नेपालीहरू काम गर्न जाने चलन पुरानै हो । त्यहाँ काम गर्न गएकाहरू कतिपय त्यही स्थापित भएर बसेको पनि पाइएको छ । भारतबाहेकका तेस्रो मुलुकमा भने सन् १९९० को दशकदेखि नेपालीहरू जान थालेका हुन् । अहिलेसम्म सरकारले १ सय ७ वटा मुलुकमा रोजागारीका लागि जान अनुमति खुला गरेको छ । त्यसबाहेक थुप्रै मुलुकमा दलालमार्फत, आफ्नै प्रयासमा र भ्रमण भिसा लिएर गएर रोजगारी गर्ने क्रम बढ्दो छ । औपचारिक रूपमा मात्रै नगएकाले विदेशमा रहेका नेपालीको यकिन तथ्यांक कुनै निकायमा छैन । अनौपचारिक अनुमानअनुसार झन्डै ३० लाख नेपाली विदेशमा कार्यरत छन् । तीमध्ये आधाभन्दा बढी श्रम स्वीकृतिबिना गएकाहरू छन् ।
तिनले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिदै आएको
छ । एक तथ्यांकअनुसार आर्थिक वर्ष २०६३/०६४ मा १ खर्व १४ अर्व रेमिट्यान्स भित्रेकोमा अर्को वर्ष बढेर २ खर्ब ९ अर्ब ६९ करोड भित्रिएको थियो । चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै झन्डै १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । मुलुकमा रेमिट्यान्स भित्रने क्रम बढेपछि यसको कारोबार गर्ने निकायसमेत बढेका छन् । मुलुकमा बैंक तथा वित्तीय संस्थाहरू, रेमिट्यान्सको मात्रै कारोबार गर्ने मनी ट्रान्सफरहरू र व्यक्तिसमेत यसको कारोबारमा लागेका छन् । नेपाल राष्ट्र बैंकको एक सर्भेक्षणअनुसार विदेशबाट आउने रेमिट्यान्समध्ये २१ प्रतिशत बैंकिङ माध्यमबाट, ४३ प्रतिशत मनी ट्रान्सफरबाट र बाँकी २६ प्रतिशत हुन्डीलगायतका माध्यमबाट आउँछ । कतिपयले छिटो घर पुग्ने भनेर विश्वासको भरमा हुन्डीको माध्यमबाट पनि आफ्नो कमाइ पठाउने गरेका छन् । तर कुनै दरिलो प्रमाणको अभावमा व्यक्तिगत चिनाजानीले गरिने यस्तो कारोबार जोखिमपूर्ण हुनसक्छ ।
मुलुकमा भित्रिइरहेको रेमिट्यान्सको सही सदुपयोग भने भएको पाइएको छैन । रेमिट्यान्सको ठूलो मात्रा घरखर्च चलाउन प्रयोग भइरहेको अनुमान छ । यसबाहेक घरघडेरी खरिद, गाडी, कम्प्युटर, पि|mज, गरगहनालगायतमा यो रकम खर्च भएको छ । यसरी हेर्दा रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा खर्च हुन सकेको छैन । रेमिट्यान्सको ठूलो अंश अनुत्पादक, विदेशी उपभोग्य र विलासिताका वस्तुको खरिदमा खर्च हुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा कुनै योगदान दिन सक्दैन । रेमिट्यान्सले मुलुकभित्र उत्पादन बढाउनु वा मुलुकभित्रका उत्पादनका माग सिर्जना गर्नुको सट्टा विदेशको वस्तुको माग बढेकाले आयात व्यापार तीव्र रूपमा बढ्दै गएको छ । नेपालको वैदेशिक व्यापार धान्ने नसक्ने अवस्थामा पुगेको छ । यसले गर्दा व्यापार घाटा बढ्दो क्रममा छ । चालू आर्थिक वर्षको भदौमा पनि भुक्तानी सन्तुलन घाटा ४ अर्ब ३६ करोड रुपैयाँ छ । नेपालको गरिबी निवारणमा पछिल्लो डेढ दशकयता रेमिट्यान्सको योगदान उल्लेख्य रहँदै आएको छ । जीवनस्तर सर्वेक्षणले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याको प्रतिशत ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झर्नुमा रेमिट्यान्स प्रमुख कारण रहेको जनाएको छ ।
रेमिट्यान्सले तत्कालका लागि केही फाइदा पुर्याए पनि दीर्घकालीन रूपमा मुलुकलाई परनिर्भर बनाउने सम्भावना रहन्छ । सधै मुलुकलाई यसले फाइदामात्रै गर्दैन । त्यसैले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु आवश्यक छ । विदेशमा कमाउन गएका हरेक नेपालीको मुलुकप्रति पनि दायित्व हुन्छ । यसको अर्थ कमाएको रकम मुलुकलाई दिनुपर्छ भन्ने हैन । उनीहरूले त्यो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरेर फाइदा लिन सक्छन् ।
मुलुकमा उत्पादनमूलक लगानीका
क्षेत्र अनेक छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिको
योगदान उल्लेख्य छ । कृषिलाई आधुनिकीकरण गर्न उनीहरूको लगानी उपयोगी हुन सक्छ ।
http://174.120.89.170/qatar/news/news-detail.php?news_id=202135
बर्सेनि साढे ४ अर्बको कारोबार
लीलानाथ घिमिरे
बाथरुमको निर्माण तीन चरणमा हुन्छ । ती तीनै चरणमा फरक फरक सामग्री आवश्यक पर्छ । बाथरुम फिटिङको थोक तथा खुद्रा कारोबार गर्दै आएको चाबहिल स्थित रविन स्टोर्सका रविन श्रेष्ठ पहिलो चरणमा पाइप र फिटिङका सामग्री घर बनाउँदै प्रयोग गरिने बताउँछन् । दोस्रो चरणमा टाइल बिछ्याउने काम हुन्छ । अन्तिम चरणमा कमोड, प्यान, बेसिन, धारालगायत जोडेपछि बाथरुमले पूर्णता पाउँछ ।
पाइप तथा फिटिङमा अचेल पिपिआरको प्रयोग बढ्दो छ । केही वर्षअघिसम्म अधिक प्रयोग हुने जिआई (फलामे) पाइपको बजार खिया लाग्ने, फुट्ने, ढुवानीमा बढी लाग्नेलगायत समस्याका कारण करिब १० प्रतिशतमा खुम्चिएको व्यापारीहरू बताउँछन् । त्यसबाहेक १-२ प्रतिशत बजार कम्पोजिट पाइपको छ । पिपिआर पाइप अधिकांश मुलुकभित्रै उत्पादन हुन्छ । नेपाटप, हिलटेक, पञ्चकन्या, आइटिपिएफ लगायतलले पाइप उत्पादन गर्दै आएका छन् । नेपाटपले पाइप फिटिङका सामग्रीसमेत उत्पादन गर्दै आएको छ ।
पाइप र फिटिङको बजारमा आफ्ना उत्पादनले ८० प्रतिशत हिस्सा ओगटेको नेपाल हिलटप इन्डस्टि्रज (नेपाटप) का बजार प्रबन्धक विनोद महतको दाबी छ । आफ्नो कम्पनीले उत्पादन गर्ने पाइपमा तीन पत्र रहने बताउँदै उनले भने, ‘पाइपमा पहिलो पत्रले घामको छाया भित्र पस्न नदिने, बीचको पत्रले भित्र र बाहिरबीच सम्बन्ध विच्छेद गर्ने र भित्रको पत्रले पानीमा ब्याक्टेरिया उत्पन्न हुन दिँदैन ।’
जिआई पाइपजस्तो खिया नलाग्ने, अधिक चिसोदेखि ९५ डिग्री तातोसम्म थेग्न सक्ने, ५० वर्षभन्दा बढी आयु, फिटिङसमा पित्तलको प्रयोग हुने, तताएर जोडिने भएकाले लिकेज नहुने, हलुका भएकाले ढुवानीमा सहज हुने हुँदा नयाँ भवन बनाउने सबैले पिपिआर पाइप नै प्रयोग गर्न थालेको उनले दाबी गरे । नेपाटपले ढलका लागि यस्तै विषेतायुक्त युपिभिसी पाइपसमेत उत्पादन गर्दै आएको उनले जानकारी दिए । नेपाटपले वाषिर्क ४ हजार ५ सय टन पिपिआर र १ हजार ४ सय टन युपिभिसी पाइप उत्पादन गर्दै आएको उनले जानकारी दिए । यो कम्पनीमा डेढ सय जनाले रोजगारी पाएका छन् ।
पाइप तथा फिटिङको करिब १ अर्बको बजार रहेको रविन स्टोर्सका श्रेष्ठको दाबी छ । नेपाटपका महत पनि तीन वर्षअघि कम्पनीले गरेको अनुसन्धानमा पाइप र फिटिङको बजार करिब ९० करोडको पाएको बताउँछन् । त्यतिखेर जिआई पाइपको प्रयोग धेरै थियो । अहिले पिपिआर पाइपको प्रयोग बढेकोछ । ‘यो पाइप जिआईको तुलनामा झन्डै ३० प्रतिशत सस्तो पर्ने भएकाले प्रयोग अधिक बढे पनि कारोबार रकम भने खासै बढेको छैन,’ उनी भन्छन् । सामान्यतः एकतलते घरमा बाथरुमका लागि पाइप र फिटिङमा ४ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुने व्यापारीको भनाइ छ ।
बाथरुमको भुइँ र भित्ताका साथै किचनमा समेत प्रयोग हुने टाइल भने नेपालमा बन्दैन । बजारमा भारत, चीन, इटली, स्पेन, जापान, कोरियालगायत मुलुकमा निर्मित टाइल उपलब्ध छन् । टाइलको मोटाइ, चम्किलोपना र कम्पनीको ब्रान्डका आधारमा मूल्य फरकफरक छ । बिजुलीबजारस्थित बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजले स्पेनिस र भारतीय टायल बेच्दै आएको छ । बज्रकी बिक्री प्रबन्धक कल्पना श्रेष्ठ आफूकहाँ रहेको स्पेनिस टायल १ सय ४० देखि ५ सय ५० रुपैयाँ वर्ग फिट पर्ने बताउँछिन् । उनकामा भारतीय टाइलहरू ५० रुपैयाँदेखि २ सय २० रुपैयाँ वर्ग फिटमा पाइने पनि छन् । चाबहिलस्थित रविन स्टोर्सका नवीन श्रेष्ठ बजारमा ३५ रुपैयाँ वर्ग फिटदेखिका पाइन्छन् । भुइँ सफा देखिने र सफाइ गर्न सजिलो हुने भएकाले प्रयोग गरिने टाइल विभिन्न रङ र आकारमा पाइन्छन् । ग्राहकको रोजाइमा ५० रुपैयाँदेखि २ सय रुपैयाँ वर्ग फिट पर्ने बढी टाइल पर्छन् । रंगीनको माग बढी छ । टाइल बिछ्याउन एकतले घरको बाथरुममा २० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च हुन्छ ।
टाइल बिछ्याएपछि सुरु हुन्छ आफ्नो छनोटअनुसारको धारा, सावर, कमोड, बेसिन, बाथ टब आदि राख्ने काम । ‘पाइप/फिटिङ र टाइल बिछ्याउन घर बनाउने धनी र मध्यम वर्गका बीच खर्चमा खासै फरक पर्दैन,’ रविन स्टोर्सका नवीन भन्छन्, ‘त्यसपछि भने आफ्नो औकात अनुसारका सामान बजारमा पाइन्छन् ।’
बजारमा समान्यदेखि डिजिटल र सेन्सरजडित कमोड र धारा पाइन्छन् । मानिसले हात थाप्नासाथ पानी आउने, ट्वाइलेट बसेपछि आफै धोइदिने प्रणाली जडित सामग्री बजारमा उपलब्ध छन् । बाथरुम फिटिङ्सका सामान उत्पादक अमेरिकी कम्पनी कोहलरको नेपालमा बिक्रेता बज्र एन्ड बज्राचार्यले बाथरुममा आवश्यक सबै सामग्री ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यहाँ मध्यम वर्गदेखि उच्च वर्गसम्मका लागि गुणस्तरीय सामान पाइने बिक्री प्रबन्धक कल्पना श्रेष्ठ बताउँछिन् ।
कोहलरका बेसिन ४ हजारदेखि ७२ हजार रुपैयाँसम्म पर्ने छन् । यस्तै कमोड १५ हजार ५ सयदेखि ५५ हजारसम्मका छन् । तिनमा पानीको तापक्रम बढाउने, स्प्रे गर्ने, जाडोमा आवश्यकताअनुसार कमोड तताउन मिल्ने सुविधा रहेको कल्पनाले जानकारी दिइन् । मसाज गर्ने हि्वलपुलको ८० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्छ । त्यसले पानीमा डुबेर बस्न सकिने र पानीले नै मसाज गर्ने सुविधा हुन्छ ।
बज्रले भर्खरै बजारमा भित्राएको छ डिजिटल सावर सिस्टम डिटिभी र डिटिभी-२ मुलुकमा भित्र्याएको अत्याधुनिक बाथरुम सिस्टम भएको बज्र एन्ड बज्र इन्टप्राइजेजको दाबी छ ।
यसमा परिवारका सदस्यअनुसार नुहाउने तरिका यसको मेमोरीमा सेट गरेर राख्न सकिन्छ । कसले कुन तरिकाले नुहाउन चाहेको छ त्यहाँ सेट गरेअनुसार नम्बर थिचेपछि नुहाउन सकिन्छ । चारैतिरबाट फोहरा फ्याँक्ने भएकाले यसमा झरनामा नुहाएजस्तै अनुभूति हुने कल्पनाले बताइन् । यसमा आइपोड, कम्प्युटर वा कुनै म्युजिक सिस्टमबाट संगीत सुन्दै नुहाउन सकिन्छ । यसकोे मूल्य पूरै सेटको ३ लाख ९० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्ने उनले जानकारी दिइन् । यहाँ स्टिम मसाजर, एफएम, फोन, सावर सिस्टमलगायत सुविधा भित्रै भएको चिनियाँ स्टिम रुमसमेत १ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ । कोहलर ब्रान्डका धाराका सेट १८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका उपलब्ध रहेको कल्पनाले जानकारी दिइन् । अपार्टमेन्ट कमर्सियल बिल्डिङ, हाउजिङ बन्ने क्रम बढेकाले बाथरुम फिटिङका सामग्रीको माग बढ्दै गएको उनको भनाइ छ ।
बजारमा कमोड, बेसिन, प्यान २ हजार रुपैयाँदेखि र धाराका सेट ३ हजार ५ सय रुपैयाँदेखि पाइने रविन स्टोर्सका रविन बताउँछन् । महंँगो हुँदैमा सबै सामान राम्रो नहुने उनको भनाइ छ । ‘ग्यारेन्टी हेरेर किने सस्तो सामानमा पनि समस्या पर्दैन,’ उनले भने । बजारमा बाथरुम फिटिङसमा ७ वर्षसम्मको ग्यारेन्टी पाइन्छ । रविन स्टोर्सले भारतीय ब्रान्डहरू सोनसेरा, जेक्बार, हिन्डबेयर, स्याङ्कोलगायत ब्रान्डका स्यानिटरी वेयर, धारा र टाइलहरू नेपाली बजारमा बेच्दै आएको छ ।
जनघनत्व बढेकाले उपत्यकामा मात्रै बाथरुमका लागि पाइप र फिटिङ्सको १ अर्ब, टाइल ५० करोड, सेनिटरी वेयर ५० करोड र धाराका सामग्री ७० करोडको कारोबार हुने स्टोर्सका नवीनको अनुमान छ । यसरी हेर्दा बाथरुम फिटिङ्स सामग्रीहरू उपत्यकामा वाषिर्क २ अर्ब ७० करोडको कारोबार हुन्छ ।
उपत्यका बाहिर यसको ५० प्रतिशत थप कारोबार हुने व्यापारीको अनुमान छ । यसरी हेर्दा मुलुकमा बर्सेनि झन्डै ४ अर्ब ५० करोडको कारोबार हुने अनुमान छ । यति ठूलो कारोबार भए पनि पाइप, फिटिङ्स र धाराका केही सामग्रीबाहेक अरू सबैका लागि मुलुक विदेशमा निर्भर छ । सेरामिक -माटो) बाट बनाइने कमोड, बाथटव, बेसिन, प्यान, टाइलसमेत मुलुकमा बन्न सकेको छैन । ठूलो प्रविधि नचाहिने भए पनि ती सामग्री मुलुकमा किन बन्न सकेको छैन भन्नेमा व्यापारी अनभिज्ञ छन् । ती सामग्री निर्माणका उद्योग खोल्न लगानीकर्ता अग्रसर हुनुपर्ने रविन स्टोर्सका नवीनको सुझाव छ ।
प्रकाशित मिति: २०६६ चैत्र १६ ०४:२
तामाकोसीको तिरैतिर
लीलानाथ घिमिरे
सुनकोसीको किनारमा पाइला बढिरहँदा वर्षा भयो ।
गर्मीमा भिज्नुको मज्जै बेग्लै, त्यसमाथि कविहरूसँग ।
यसपालि रामेछाप यात्रामा बन्दले हैरानै पार्यो । राजधानीबाट हिँडेको दिन पनि बन्द, फर्कने दिन पनि बन्द । बाटाभर िपसल छन्, भोकै हिँड्नु पररिहेछ ।
सिन्धुलीको खुर्कोट हुँदै राजधानी आउने बस भेट्न झोलुंगेपुल तर्दै थियौं । पानी विस्तारै परे पनि झन्डै आधा घन्टाको बाटोमा निथुक्कै भइयो । त्यस दिन ताम्सालिङको बन्दका कारण चोरबाटो हिँड्नु परेको थियो ।
सुनकोसी किनारपार िएउटा बस देखियो । रत्तिै थियो । करैले अगाडि बढेको गाडी चिप्लो बाटोमा उक्लनै सकेन । गाडी हलुका भएको भन्दै कन्डक्टरले पछिपछि दगुररिहेका झन्डै ५० केटाकेटीलाई बसमा गुन्द्रुकझैं खाँदे । बाटोमा ओभानो माटो हाले ।
चम्पसिंह ठोकर र उनका काकाका छोरा काँइला त्यहीँ भेटिए जसले हँसाएरै कटाए यो बाटो ।
चम्पसिंह रसिला थिए । ‘८ वर्षको उमेरमा १८ वर्षेसँग बिहा भया’ उनले आफ्नै कुरो सुनाए, ‘१८ वर्षको भएपछि अर्की भित्र्याएँ ।’
दुईटी ल्याएपछि घरमा फाटो आयो ।
‘दुवै झगडा गररिहने’ उनले आखीभौं खुम्च्याए, ‘त्यसैले तेस्री ल्याएँ ।’
पानी परेका बेला सुनकोसीको तिरैतिर राजधानी जाने हिलाम्मे राजमार्ग खतरापूर्ण थियो । साँघुरो र उकालो योसड रोमाञ्चक थियो । त्यसलाई झन् बढी रोमाञ्चक पारे चम्पसिंहले ।
उनको कुरालाई पत्याउन हामीलाई हम्मे पर्यो । ‘उसका तीनवटै श्रीमतीसँगै छन्, ‘दाइ काइँलाले हामीलाई विश्वास दिलाए । ‘अब तीनवटीलाई मिलेर बस्नुको विकल्पै रहेन, चम्पले भने, मलाईमात्र होइन तँलाई पनि सौता हाल्ने रहेछन् भनेर जेठीले भनेपछि सबैको अर्की ल्याउन नदिने सर्तमा मिल्ती भयो ।
छोटा यात्रामा उनी हामीसँग यति घुलमिल भएकी हामी सहयात्री ७ जनालाई उनी घरमै लगेर कुखुरा काट्ने र जाँड खुवाउने भए । क्युरयिोका सामानको व्यापार गर्दा रहेछन् उनीहरू । गाउँमा धामीले प्रयोग गर्ने सामग्री, पुराना किताबका काठमा गाता, सुनचाँदीका पुराना गरगहना, पुराना सिक्का गाउँमा सस्तोमा किनेर राजधानीको ठमेलका क्युरयिो पसलेलाई बेच्दारहेछन् । ती सामग्री देखाए हामीलाई पनि ।सबैलाई मिलाएर राख्नसक्ने चच्पसिंहसँग गजबको सूत्र रहेछ । जुनसुकै श्रीमतीले जस्तै पकाएर दिए पनि ‘मीठो छ’ भन्ने । ‘एउटीको पकवानको प्रशंसा गरे अर्कीले मारी हाल्छे नि ! उनले कारण सुनाए । तीनैवटीलाई बराबर माया गर्दा रहेछन् उनी ।
बसमा चढ्नुअघि खाना खुवाउन तयार भएका बसका कर्मचारीले बाटाभर िहाम्रालागि रोक्न मानेनन् । भोकले आन्द्राभँुडी झुत्ती खेलिरहेका थिए । त्यसमा पनि छिनछिनमा ‘रामराम’ भन्नुपर्ने भिरालो बाटो, बसलाई मोड्न नपुग्ने घुम्ती, तल सुसाइरहेको सुनकोसीको हरयिो दह । बस हल्लिँदा जिउ नै सिरङि्ग हुन्थ्यो । त्यस्तो अवस्थामा हाम्रो डर र भोक भगाउने उनै चम्प थिए । सारै सोझा पेटमा कुरा अड्याउनै नसक्ने यी गौप्राणी हाम्र अन्तरंग मित्र बने त्यतिञ्जेल । हामी सबैको नाम ठेगाना टिपेर उनले राजधानी आएपछि भेट्ने बाचा गरे । निम्ता मान्न उनको घर जान भने हामी असमर्थ भयौं । नेपालथोकमा गह्रौं मनले उनलाई विदाइका हात हल्लायौं ।
चालकले हामीलाई दिनभर भोकै पारे । खाना खान कही गाडी रोकिदिएन । ‘गाडीवालहरू यस्तै हुन्छन्,’ सहयात्री बनेका लीलानाथ धमलाले हामीलाई सान्त्वना दिए, ‘यात्रु नपाउन्जेल जहाँ पनि रोक्छन् । भाडा उठाएपछि यात्रुको कुरै सुन्दैनन् ।
ललल
रामेछापको अनौपचारकि साहित्यिक मञ्चका अध्यक्ष भोला धरातलको निम्तामा हामी मन्थली हान्निएका थियौं । सहयात्री थिए गजलकार ज्ञानुवाकर पौडेल, छन्दकवि देवी नेपाल, उपन्यासकार शंकर भारती, कविहरू दामोदर पुडासैनी किशोर र प्रकाशमणि दाहाल ।
मइ दिवसको दिन जान बसको टिकट काटिए पनि मजदुरले बिदा मनाउने भएपछि त्यसको प्रयोजन भएन । आयोजक धरातल मन्थलीमै बसेर हाम्रो यात्रको चाजो मिलाउन दौडधुप गररिहेका थिए । उनी छिनछिनमा गाडी रजिर्भ गर्न भएको प्रगति जानकारी गराउथे ।
‘माइक्रो रजिर्भ गरयिो, तपाईंहरू कोटेश्वर पुग्नुस्,’ फोनमा भोलाको आवाज सुनेपछि यात्रा त्याग्ने मनस्थितिमा पुगे पनि हतारहतार तयार भएको थिए ।
लोकगीतमा झुम्दै हामीले दोलखाको खरढिुंगासम्मको उकालीओराली काट्यौं । केही बेरमै हाम्रो माइक्रोसँगै गुडिरहेको पिकअप भ्यानलाई देब्रेबाट उछिन्ने गरी अगाडि बढ्यो झन्डै ठोकिएलाजस् तो गरी । चालकले निकै मेहनत गरेर लच्कामा अड्याउँदै भने, ‘ब्रेक फेल भयो ।’ सुनेपछि पो सातोपुत्लो उड्यो । सबै जना कामिरहेका थिए । कस्तो अप्ठ्यारो बाटो पार गरेर आयौं । अलि अगाडि वा पछाडि ब्रेक नलागेको भए ? हामी पक्कै समाचारका पात्र बन्ने थियौं । सँगै गुडेको पिकअप रोकियो । चालक तातेर आए । ब्रेक नलागेको बुझेपछि सेलाए । जीवन र मरण पूर्व निर्धारति हुन्छ भनेको यही पो हो कि ? हामी सबैका दिन बाँकी रहेछन् ।
धेरै तातेर ब्रेक नलागेको चालकले बताएपछि केही बेर सेलाउन दिनै पर्यो । पहेलपुर पाकेको ऐंसेलुले भने सबैको मनलाई शीतलता दियो ।
ब्रेक जाँच गदर्ैै कछुवा गतिमा गाडी गुडाउनु पर्ने बाध्यता आइलाग्यो । ब्रेक सेलाउँदै गुडाउँदै गर्नुपर्ने । चरकिोटको ओरालो हामी चनाखो भएर काट्दै थियौं । ज्ञानुवाकरको गजलझैं संवाद, किशोरको यात्रा वर्णन, शंकरको आत्मीयता, देवीको हाँस्यरसयुक्त शैली, प्रकाशको यात्रालाई मनोरञ्जनपूर्ण बनाउने प्रयासले हामीलाई बाटो काट्न गाह्रो भएन ।
यात्रामा दुई केटाकेटी-९/१० वर्षका) र उनीहरूका हजुरबा उमेरका एक वृद्ध पनि हाम्रा सहयात्री थिए । तिनीहरूले पनि हामीलाई भरपुर मनोरञ्जन दिए । ती बूढाबा बिनाकारण केटाकेटीलाई दुख्ने गरी नै पिटिरहन्थे । हामी प्रतिवाद गथ्र्यौं, केटाकेटी हाँसिरहन्थे । पछि थाहा भयो, ती बूढाबा केटाकेटीका बा रहेछन् । पिट्ने र पिटाइ खाने दुवै बानिपरेका । काठमाडौंमा दिदीसँगै पढाउन लिएर गएका बाबु केटाकेटी बस्न नमानेपछि फर्काउँदै रहेछन् ।
उमिँदै तीनपात भनेझैं थिए ती दाजुबहिनी । अपरििचत हाम्रो समूहसँग छिट्टै घुलमिल भएर ठाडो सबालजवाफ गर्थे ।
‘विकासमा पछि परेको साना गाउँमा तपाईंलाई स्वागत छ’ लेखिएको बोर्ड पढिसक्न नपाउँदै अर्कोपटि लेखिएको ‘अब र्फकंदा विकास नलिई नआउनु है,’ वाक्यले सबैलाई भावुक बनायो । देवीले मन्थलीमा छन्दबारे कक्षा लिँदा त्यसैलाई उदाहरण दिए, ‘पहिलो वाक्य औपचारकिता हो र दोस्रो कविता । कवितामा भावना हुनुपर्छ ।’
आयोजकको धैर्यको बाँध फुट्न लाग्दा हामी गन्तव्यमा पुग्यौं । भब्य रहेछ अनौपचारकि साहित्यिक मञ्चको आयोजना । एक महिनादेखि पर्चा पम्प्लेटिङ र रेडियोबाट समेत प्रचार गरएिको । बाजागाजासहितको र्याली बजार परत्रिmमापछि कार्यक्रमस्थल जिविस हल पुग्यो । मञ्च सजिसजाउ । कार्यक्रम रहेछ रामेछाप-सिन्धुली-दोलखा जिल्लास्तरीय कवि गोष्ठी ।
कार्यक्रम सकाएर र्फकने हतारोमा रहेका हामीलाई ताम्सालिङ्को बन्दको हल्लाले नराम्रोसँग चिमोट्यो । जे त पर्ला भनेर झोला भिरेर सिन्धुलीको सेलेघाटको गाडी समात्यौं । त्यो बाटोको यात्रा झनै रोमाञ्चक थियो । मान्छेले कुटोकोदालो लगाएर खनेको साँघुरो बाटोमा बस गुड्दै थियो । तल तामाकोसी सुसाउँदै थियो । आउँदा तामाकोसीले पछ्याएको थियो, जाँदा अर्कै बाटो भए पनि तामाकोसीले छाडेन । ‘चालकले गाडी चलाएको कतिवर्ष भयो भाइ ?’ देवीले आफ्नो त्रास यसरी प्रकट गरे । ‘चालक अनुभवी छन्, नडराउनुस्, भोलाले सान्त्वना दिए । खलासीले थप्यो, ‘१५ वर्ष जति भयो होला उहाँले गाडी चलाएको ।’ त्यसपछि सबैको सास आयो ।
राजधानीबाट रामेछापको मन्थली, सिन्धुलीको खाल्डे हँुदै राजधानी खाल्डो र्फकन एक फन्को लगाउँदाको आनन्द शब्दमा नअटाउने थिए ।
चुनाव लड्ने मान्छे चाइयो
रामचन्द्र सत्रपल्ट हारेर बाहिरिए’छि पर्धानमन्त्रीको चुनाव लड्नेको खाचो पर्याले यो सूचना पर्कासित गरिया छ । योग्गेता पुगेका उम्मेदवारले आफै र तेस्ता कोही देखे अरुले निवेदन स्यालदरबारमा पठाइ दिन आह्वान गरिया छ ।
सत्तिले सराप्या हुनाले याँ लोकप्रिए, मन्त्री भाबेला राम्रो काम गरेको, पढ्यालेख्या बाउरामजस्ता, युवा उमेरका, केही गरौ भन्ने जोस भाका गगनजस्ता, आदर्श राजनीति गर्ने नरहरिजस्ता नेताले पर्धानमन्त्री हुने अवसर त के पार्टीमा समेत अपमानित हुनुपर्ने भाकाले उनीहरुजस्तालाई निवेदन नदिन आग्रह गरिया छ । तेसैले ल्याप्चेछाप, सत्तामा बसेर तर मारेका, भरिसक्के माधव नेपालजस्तै चुनाव हारेका, भारतको आसिर्वाद पाका, परिवारलाई विदेश घुमाका, आफन्तलाई जागिर खुवाका, राष्ट्रको ढुकुटी डुबाका, सत्तामा हुदा गनाका, आफ्नै घर बनाका, खुराफातमा ओलीलाई मात गर्ने, सुजाताजस्तै बारंबार विदेश चर्ने, रिवन काट्ने, भाषन छाँट्ने जनतालाई ढा“ट्ने पदका भोका उम्मेदवार चाहिया छ । सवै योग्येता एउटै बेक्तिमा हुनुपर्छ । त्यस्ताको निवेदन नपरे तीमध्ये कुनै नकुनै योग्गेता भाका पर्चन्ड, रामचन्द्र, झलनाथ, शेरबादुर, माधप्नेपाललगायतका नेतालाई फेरि चुनाप लड्न प्रोत्साहन गरिने छ ।
–लीलन
कान्तिपुर, माघ ७, २०६७