रामचन्द्र सत्रपल्ट हारेर बाहिरिए’छि पर्धानमन्त्रीको चुनाव लड्नेको खाचो पर्याले यो सूचना पर्कासित गरिया छ । योग्गेता पुगेका उम्मेदवारले आफै र तेस्ता कोही देखे अरुले निवेदन स्यालदरबारमा पठाइ दिन आह्वान गरिया छ ।
सत्तिले सराप्या हुनाले याँ लोकप्रिए, मन्त्री भाबेला राम्रो काम गरेको, पढ्यालेख्या बाउरामजस्ता, युवा उमेरका, केही गरौ भन्ने जोस भाका गगनजस्ता, आदर्श राजनीति गर्ने नरहरिजस्ता नेताले पर्धानमन्त्री हुने अवसर त के पार्टीमा समेत अपमानित हुनुपर्ने भाकाले उनीहरुजस्तालाई निवेदन नदिन आग्रह गरिया छ । तेसैले ल्याप्चेछाप, सत्तामा बसेर तर मारेका, भरिसक्के माधव नेपालजस्तै चुनाव हारेका, भारतको आसिर्वाद पाका, परिवारलाई विदेश घुमाका, आफन्तलाई जागिर खुवाका, राष्ट्रको ढुकुटी डुबाका, सत्तामा हुदा गनाका, आफ्नै घर बनाका, खुराफातमा ओलीलाई मात गर्ने, सुजाताजस्तै बारंबार विदेश चर्ने, रिवन काट्ने, भाषन छाँट्ने जनतालाई ढा“ट्ने पदका भोका उम्मेदवार चाहिया छ । सवै योग्येता एउटै बेक्तिमा हुनुपर्छ । त्यस्ताको निवेदन नपरे तीमध्ये कुनै नकुनै योग्गेता भाका पर्चन्ड, रामचन्द्र, झलनाथ, शेरबादुर, माधप्नेपाललगायतका नेतालाई फेरि चुनाप लड्न प्रोत्साहन गरिने छ ।
–लीलन
कान्तिपुर, माघ ७, २०६७
No comments:
Post a Comment