Wednesday, January 26, 2011

नेपालमा रेमिट्यान्स कारोबार

लीलानाथ घिमिरे

विश्वमा ठूलो संख्यामा मानिस रोजगारीका लागि एक मुलुकबाट अर्को मुलुकमा जान्छन् । खुला अर्थतन्त्रको कारण विश्व श्रम बजार विस्तारको क्रममा छ । नेपालसमेत रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये अग्रपंक्तिमा छ । भर्खरै प्रकाशित तथ्यांकअनुसार नेपाल विश्वका ५ उत्कृष्ट मुलुकमा नेपाल पनि रेमिट्यान्स भित्र्याउनेमा पर्छ ।
एक तथ्यांकअनुसार सन् २००४ मा विश्वमा विकसित देशहरूबाट विकासोन्मुख देशहरूमा विकसित देशहरूबाट १ सय २६ बिलियन डलरभन्दा बढी रेमिट्यान्स गएको अनुमान छ । यो सन् २००१ को भन्दा झन्डै ५० प्रतिशत बढी हो । सन् २००७ मा आएर त्यो रकम २ सय ६५ बिलियन डलरमा पुगेको तथ्यांक छ । सन् २००८ मा त्यो रकम बढेर ३ सय ३८ अर्ब भित्रिएको थियो । सन् २००९ मा विश्वमा संकट लिएर आएको आर्थिक मन्दीले त्यो रकम केही घट्यो । यो वर्ष ३ अर्ब १७ करोडमा झरेको थियो । आर्थिक मन्त्री नसकिएकाले सन् २०१० र २०११ मा यो मात्रा थोरै मात्र बढ्ने अनुमान छ ।
भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक हो । एक तथ्यांकअनुसार यस मुलुकले सन् २००८ मा झन्डै ५५ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको थियो । त्यसपछि चीन -४१ अर्ब डलर), मेक्सिको -२६ अर्ब), फिलिपिन्स -२९ अर्ब) र प|mान्स -१५ अर्ब) ले क्रमशः धेरै रेमिट्यान्स भित्र्याएका थिए । धेरै रेमिट्यान्स बाहिर पठाउने मुलुकमा अमेरिका ४७ अर्ब, रुसी महासंघ २६ अर्ब, स्विट्जरल्यान्ड १९ अर्व, साउदी अरब १६ अर्ब, जर्मनी १५ अर्ब र स्पेन १५ अर्ब छन् ।
नेपालमा मलत बेलायती सेनामा नेपालीलाई भर्ती लिन थालेपछि रेमिट्यान्स भित्रन थालेको हो । भारतीय श्रम बजारमा नेपालीहरू काम गर्न जाने चलन पुरानै हो । त्यहाँ काम गर्न गएकाहरू कतिपय त्यही स्थापित भएर बसेको पनि पाइएको छ । भारतबाहेकका तेस्रो मुलुकमा भने सन् १९९० को दशकदेखि नेपालीहरू जान थालेका हुन् । अहिलेसम्म सरकारले १ सय ७ वटा मुलुकमा रोजागारीका लागि जान अनुमति खुला गरेको छ । त्यसबाहेक थुप्रै मुलुकमा दलालमार्फत, आफ्नै प्रयासमा र भ्रमण भिसा लिएर गएर रोजगारी गर्ने क्रम बढ्दो छ । औपचारिक रूपमा मात्रै नगएकाले विदेशमा रहेका नेपालीको यकिन तथ्यांक कुनै निकायमा छैन । अनौपचारिक अनुमानअनुसार झन्डै ३० लाख नेपाली विदेशमा कार्यरत छन् । तीमध्ये आधाभन्दा बढी श्रम स्वीकृतिबिना गएकाहरू छन् ।
तिनले पठाउने रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिदै आएको
छ । एक तथ्यांकअनुसार आर्थिक वर्ष २०६३/०६४ मा १ खर्व १४ अर्व रेमिट्यान्स भित्रेकोमा अर्को वर्ष बढेर २ खर्ब ९ अर्ब ६९ करोड भित्रिएको थियो । चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै झन्डै १६ अर्ब रेमिट्यान्स भित्रिएको छ । मुलुकमा रेमिट्यान्स भित्रने क्रम बढेपछि यसको कारोबार गर्ने निकायसमेत बढेका छन् । मुलुकमा बैंक तथा वित्तीय संस्थाहरू, रेमिट्यान्सको मात्रै कारोबार गर्ने मनी ट्रान्सफरहरू र व्यक्तिसमेत यसको कारोबारमा लागेका छन् । नेपाल राष्ट्र बैंकको एक सर्भेक्षणअनुसार विदेशबाट आउने रेमिट्यान्समध्ये २१ प्रतिशत बैंकिङ माध्यमबाट, ४३ प्रतिशत मनी ट्रान्सफरबाट र बाँकी २६ प्रतिशत हुन्डीलगायतका माध्यमबाट आउँछ । कतिपयले छिटो घर पुग्ने भनेर विश्वासको भरमा हुन्डीको माध्यमबाट पनि आफ्नो कमाइ पठाउने गरेका छन् । तर कुनै दरिलो प्रमाणको अभावमा व्यक्तिगत चिनाजानीले गरिने यस्तो कारोबार जोखिमपूर्ण हुनसक्छ ।
मुलुकमा भित्रिइरहेको रेमिट्यान्सको सही सदुपयोग भने भएको पाइएको छैन । रेमिट्यान्सको ठूलो मात्रा घरखर्च चलाउन प्रयोग भइरहेको अनुमान छ । यसबाहेक घरघडेरी खरिद, गाडी, कम्प्युटर, पि|mज, गरगहनालगायतमा यो रकम खर्च भएको छ । यसरी हेर्दा रेमिट्यान्सको रकम उत्पादनमूलक क्षेत्रमा खर्च हुन सकेको छैन । रेमिट्यान्सको ठूलो अंश अनुत्पादक, विदेशी उपभोग्य र विलासिताका वस्तुको खरिदमा खर्च हुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा कुनै योगदान दिन सक्दैन । रेमिट्यान्सले मुलुकभित्र उत्पादन बढाउनु वा मुलुकभित्रका उत्पादनका माग सिर्जना गर्नुको सट्टा विदेशको वस्तुको माग बढेकाले आयात व्यापार तीव्र रूपमा बढ्दै गएको छ । नेपालको वैदेशिक व्यापार धान्ने नसक्ने अवस्थामा पुगेको छ । यसले गर्दा व्यापार घाटा बढ्दो क्रममा छ । चालू आर्थिक वर्षको भदौमा पनि भुक्तानी सन्तुलन घाटा ४ अर्ब ३६ करोड रुपैयाँ छ । नेपालको गरिबी निवारणमा पछिल्लो डेढ दशकयता रेमिट्यान्सको योगदान उल्लेख्य रहँदै आएको छ । जीवनस्तर सर्वेक्षणले निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याको प्रतिशत ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झर्नुमा रेमिट्यान्स प्रमुख कारण रहेको जनाएको छ ।
रेमिट्यान्सले तत्कालका लागि केही फाइदा पुर्‍याए पनि दीर्घकालीन रूपमा मुलुकलाई परनिर्भर बनाउने सम्भावना रहन्छ । सधै मुलुकलाई यसले फाइदामात्रै गर्दैन । त्यसैले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु आवश्यक छ । विदेशमा कमाउन गएका हरेक नेपालीको मुलुकप्रति पनि दायित्व हुन्छ । यसको अर्थ कमाएको रकम मुलुकलाई दिनुपर्छ भन्ने हैन । उनीहरूले त्यो रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरेर फाइदा लिन सक्छन् ।
मुलुकमा उत्पादनमूलक लगानीका
क्षेत्र अनेक छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिको
योगदान उल्लेख्य छ । कृषिलाई आधुनिकीकरण गर्न उनीहरूको लगानी उपयोगी हुन सक्छ ।

http://174.120.89.170/qatar/news/news-detail.php?news_id=202135

1 comment:

  1. Hi, Excellent blog and very good article, congratulations. I am an educator in Santa Marta, Colombia and I have a blog-magazine on educational philosophy, literature and film. If you want to visit, the address is:
    http://alvarogomezcastro.over-blog.es
    Greetings

    ReplyDelete